चितवनमा थपिए २२ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए २२ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    चितवन : चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र  रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी, मकवानपुर र बाराका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको मेडिकल कलेजका माइक्रोबायोलोजिष्ट डा.नविनकुमार चौधरीले जानकारी दिनुभयो ।