


काठमाडौं : बुधबार दिउँसो धादिङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको हो ।
अधिकारीका अनुसार धादिङको निलकण्ठ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो । धादिङ र आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो ।