


तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा बुधबार स्कोरपियोको ठक्करबाट दुई जना घाइते भएका छन् । थर्पुबाट बेलचौतारातर्फ जॉदै गरेको ग ५ प ६०९२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा १७ च ३५२० नम्बरको स्कोरपियोले ठक्कर दिँदा मोटरसाइकल चालक र सवार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक भिमाद नगरपालिका-८ चैनपुर बस्ने ३३ वर्षीय प्रेम परियार र सवार सोही ठाउँमा बस्ने १९ वर्षीय राजन परियार घाइते भएको प्रहरीले जनाएको छ । घाइतेद्वयको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।