२४ घण्टामा २९ स्वाब परीक्षण, २३ नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २४ घण्टामा २९ स्वाब परीक्षण, २३ नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : पछिल्लो २४ घण्टाको अवधिमा तनहुँ जिल्लाबाट पठाइएका २९ जनाको स्वाब परीक्षण गरिएको छ । पिसीआर परीक्षणका लागि पठाइएका २९ जनामध्ये २३ जनाको जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा तीन जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका तीन जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ । तीन जना नयाँ सङ्क्रमित भीमादका हुन् । शुक्लागण्डकीकी एक महिलाको परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा त्यसको तथ्याङ्क हुँदैन ।

    प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार २४ घण्टाको अवधिमा उक्त प्रयोगशालामा गण्डकी प्रदेशका आठ जिल्लाका ७ सय ५२ स्वाब परीक्षण गरिएको छ । त्यसमध्ये ५ सय ७१ जनाको रिपोर्ट नेगेटिभ, ४९ जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका १ सय ३२ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ