मुग्लिन–पोखरा सडकमा चालक सचेतना कार्यक्रम निरन्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–पोखरा सडकमा चालक सचेतना कार्यक्रम निरन्तर

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    तनहुँ, १ असोज । मुग्लिन–पोखरा सडकखण्डमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

    बिहीबार बिहान ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारी साधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।

    कार्यक्रमका क्रममा ३४ वटा दुईपाङ्ग्रे, ४० वटा साना चारपाङ्ग्रे र ९२ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले सडकको अवस्था र मौसमअनुसार सावधानी अपनाउन तथा लेन अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई आग्रह गरिएको बताए। उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ।

    प्रहरीले तीव्र गति नगर्न, ओभरटेक गर्दा विशेष सावधानी अपनाउन र सडकको अवस्था हेरेर सुरक्षित रूपमा सवारी सञ्चालन गर्नसमेत चालकलाई आग्रह गरेको छ।