


तनहुँ, ३१ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ लामिसुँहारा निवासी ७३ वर्षीय हुमबहादुर सुस्लिङ मगरको चट्याङ लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार राति आफ्नै घरको माथिल्लो तलामा सुत्ने कोठाको ढोकानजिक चट्याङ लागेर मगर मृत अवस्थामा फेला परेका थिए। घटनाबारे बुधबार इलाका प्रहरी कार्यालय बेलचौतारामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।