फलफूल व्यापारीलाई कोरोना पुष्टि भएपछि ३८ पसल सिल, सम्पर्कमा आएकाको पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फलफूल व्यापारीलाई कोरोना पुष्टि भएपछि ३८ पसल सिल, सम्पर्कमा आएकाको पहिचान

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको खैरेनीटार बजारमा फलफूल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना सङ्क्रमण पुषि देखिएपछि यहाँका ३८ पसल सिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको सटरलाईनमा पसल सञ्चालन गर्ने ३० वर्षीया महिलालाई बिहीबार कोरोना पुष्टि भएपछि ३८ पसल सिल गरिएको हो ।

    सटरलाईन

    ज्वरो देखिएपछि सटरलाइनमै रहेको मेडिकलमा उपचार गराउँदा निको नभएपछि ती महिला पोखरा गएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
    स्वास्थ्य शाखाले ती महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरेको छ । जसअनुसार ३७ जना सम्पर्कमा आएको श्रीवास्तवले जानकारी दिनुभयो ।

    “आर्मीको ब्यारकेमा पनि त्यहीबाट फलफूल लैजाने गरेको पाईयो । ब्यारेकबाट सङ्क्रमितको सम्पर्कमा आएकाको पनि पहिचान हुँदैछ,” उहॉले भन्नुभयो । कन्ट्याक ट्रेसिङमा परेकाको शुक्रबार बिहीबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने उहॉले जानकारी दिनुभयो ।