अपडेट : शुक्लागण्डकीको हटियामा जिप पल्टियो, दश जना बढी घाईते (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपडेट : शुक्लागण्डकीको हटियामा जिप पल्टियो, दश जना बढी घाईते (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको दुलेगौँडा हर्कपुर मोटरमार्गमा यात्रुवाहक जीप दुर्घटना भएको छ । शुक्लागण्डकी नगरपालिका–३ हटियामा शुक्रबार दिउँसो तीन बजेतिर ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जीप दुर्घटना भएको हो । उक्त जीप दुलेगौँडा बजारदेखि व्यागनतर्फ जाँदै थियो ।

    जीपको पिकअप टुटेर सडमै पल्टिएको घटनास्थलबाट सुरज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते ६ जनालाई उपचारको लागि अस्पताल लगिएको छ भने अन्य घाईतेको उद्धार चल्दैछ । ईलाका प्रहरी कार्यालय बेलचौताराको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    तस्बिर सौजन्य : सुरज लम्साल