चितवनमा थपिए ८७ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए ८७ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शनिबार

    चितवन : चितवनमा एकै दिनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जनासहित चितवनका ८७ जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमितहरू ३ देखि ९० वर्षसम्मका छन्। कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २  जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    ४४६ वटा नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ।