बाढीपीडितलाई हङकङ मगर संघको आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बाढीपीडितलाई हङकङ मगर संघको आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    बागलुङ: मगर संघ हङकङले बाग्लुङ ढोरपाटन नगरपालिकाका बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । मगर संघ हङकङले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको उपाध्यक्ष सुमन थापा मगरले बताउनुभयो ।

    नेपालीमा परेका पीडालाई सहन नसकेर हङकङमा रहेका मगर समुदाय र नेपालीहरुले राहत रकम संकलन गरेर नेपालमा राहत वितरण गर्न आएको उहॉले जानकारी दिनुभयो । संकलन गरेको राहत रकम पारदर्शिता होस भनेर प्रत्यक्ष पीडित कहाँ गएर राहत रकम वितरण गरिएको छ ।


    नेपालीका दुःखमा साथ दिनका लागि मगर संघ हङकङको नेतृत्वमा राहत रकम संकलन गरिएको अध्यक्ष युकमाया रानाले बताउनुभयो । ‘देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो धनजनको क्षती पु¥याएको छ,’ उहॉले भन्नुभयो, ‘ यो पीडा हामीलाई सह्य भएन । हङकङ मगर संघ पनि प्रतिष्ठीत सामाजिक संस्था भएकाले हामीले हङकङमा बसोबास गर्ने मगर समुदाय लगायत नेपालीहरुमा सहयोगको अपिल गर्यौ । उहाँहरुको सहयोगले नै आज देशको पीडामा केही सहयोग गर्न सकेका छौ ।’

    मगर संघ हङकङले ढोरपाटनसंगै, म्याग्दी, कैलाली, तनहुँ लगायतका देशका विभिन्न जिल्लामा बाढीपहिरो पिडितलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने महासचिव नन्दबहादुर राना मगरले जानकारी दिनुभयो ।
    मगर संघ युकेका निर्वतमान उपाध्यक्ष एवं स्वीडेन शाखाका सल्लाहकार अनिता रानामगरले देशका पीडामा प्रवासी नेपाली सधै चिन्तित हुने गरेको बताउनुभयो ।

    नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगर र संविधान सभा सदस्य निरज पुनमगरले उक्त राहत रकम बाढीपीडितलाई हस्तान्तरण गर्नुभएको थियो । राहत रकम प्रदान गर्दै मगर संघका केन्द्रीय अध्यक्ष रोकाले बाढी पीडितको घाउमा मलम लगाउन मगर संघ अन्तर्गत रहेका सबै क्षेत्रलाई राहत संकलन गर्न परिचालन गरेको बताउनुभयो । साथै उहॉले बाढी पीडितको व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग अनुरोध गर्नुभयो ।

    संविधान सभा सदस्य पुन मगरले बाढी पीडितलाई राहतलाई वितरणलाई पारदर्शिता गर्नुपर्नेमा जोड दिनुभयो । बाढी पीडितको विचल्ली भएकाले पुनर्वासको व्यवस्था गरिदिन तीनै तहका सरकारसंग उहॉले माग गर्नुभयो ।

    ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीका अनुसार वडा नम्बर ९ मा १ सय घर पूर्ण क्षती, वडा नम्बर ८ मा १० घर र वडा नम्बर ७ मा ३ घर गरी झन्डै १ सय २० घर क्षती पुगेकाले विस्थापित हुन पुगेको छ । बाढीमा परी ३७ जना वेपत्ता भएकोमा २२ जनाको सनाखत भइसकेको छ । १६ जना अझै बेपत्ता छन ।