आर्थिक अभावमा घरमै छटपटाउँदै तामाङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    आर्थिक अभावमा घरमै छटपटाउँदै तामाङ

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : गत भदौ २३ गते घरमै सुतिरहेको तनहुँको देवघाट गाउँपालिका–५ का किसान तामाङ चट्याङ लागेर घाइते हुनुभयो । चट्याङ लागेर तामाङको अनुहार र शरीरका विभिन्न भागमा चोट छ ।

    चट्याङ लागेपछि उहाँलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल लगियो । चार दिनसम्म उपचार गर्दा परिवारसँग भएको पैसा सकिएपछि उहाँ घर फर्किनुभएको छ । “उपचार गर्न पैसा नभएपछि अस्पतालले राख्न मानेन,” किसानका आमा सुनिताले भन्नुभयो, “खर्च नभएपछि छोरालाई लिएर घर फर्किएको छु ।”

    Image may contain: one or more people

    छोराको उपचारका लागि आर्थिक अभाव भएपछि समस्या परेको उहाँले बताउनुभयो । “भएको अलि अलि पैसा उपचार गर्दा सकियो, यस्तो बेला सापटी पनि कसैले दिँदैनन्,” सुनिताले भन्नुभयो, “अब छोराको उपचार कसरी गर्नु ?” मनकारी महानुभावहरुले आर्थिक सहयोग गरिदिए छोराको उपचार गर्न सहयोग पुग्ने सुनिताले बताउनुभयो । “चारदिनसम्म अस्पतालमा राखेर उपचार ग¥यौ, थप उपचारका लागि पैसा भएन,” उहाँले भन्नुभयो, “थप पैसा नहुँदा छोराको उपचारमा समस्या भएको छ ।”

    पीडित तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले आमा सुनितालाई ९८२५२६७९५२ र देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।