पीएसजीको लगातार दोस्रो हार, पॉच खेलाडीले पाए रातो कार्ड !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएसजीको लगातार दोस्रो हार, पॉच खेलाडीले पाए रातो कार्ड !

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    एजेन्सी : फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

    पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो । कोरोना संक्रमणका कारण पहिलो रोजाईका ६ खेलाडी टोलीमा नहुदा पीएसजीले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । मार्सेलीविरुद्ध कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमारलाई उतारेपनि टोलीले हार टार्न सकेन । 

    पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए । 

    खेलको अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेलीका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाएका थिए ।

    यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।