आँबुखैरेनीका ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अन्तर्गतका क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ, वित्तीय संस्था, सवारी चालक तथा उद्योगी व्यवसायी गरी ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मङ्गलबार प्राप्त विवरण अनुसार अनुसार ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलका अनुसार सहिद लखन गाउँपालिका–३ गोरखा स्थायी ठेगाना भई आँबुखैरेनीको कन्ट्याक्ट ट्रेसिङबाट १० वर्षीया बालिकालाई भने कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले केही समय अगाडी आँबुखैरेनी गाउँपालिका–३ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकी ती बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । ती बालिकाको आमाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    Image may contain: text