अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, मंगलवार

    चितवन : गएराती देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड साढे २ बजेदेखि सुचारु भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले चारकिलोको पहिरो सफा गरेर साढे २ बजेदेखि सडक दुइतर्फी नै संचालन भएको जानकारी दिएको छ ।

    सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका थिए । सोमबार राति शुरुमा १० :३० बजे चारकिलोमा पहिरो खसेको थियो । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।