भानुमा ३१ दिनपछि निषेधाज्ञा हट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा ३१ दिनपछि निषेधाज्ञा हट्यो

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको भानु नगरपालिकामा ३१ दिनपछि निषेधाज्ञा हटेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाको सिफारिसमा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

    भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारदेखि भानु नगरपालिकाका पूर्ण रुपमा खुल्नेछ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले भानुमा तीन पटक निषेधाज्ञा जारी गरेको थियो । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भानु नगरपालिकामा पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म, दोस्रो पटक भदौ १५ गतेदेखि २४ गतेसम्म र तेस्रो पटक भदौ २५ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो ।