डिजेल र मट्टितेलको मूल्य घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    डिजेल र मट्टितेलको मूल्य घट्यो

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    काठमाडौ : सरकारले डिजेल र मटितेलको मूल्य घटाएको छ । लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

    भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

    अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।