एजेन्सी : प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले जिरोनामाथि ३-१ गाेलकाे सहज जित निकालेकाे हाे ।
र्बासिलोनालाई सहज जित दिलाउनकाे लागि कप्तान लियोनल मेस्सी र फिलिप्पे काउटिन्हो नायक बने ।जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे । त्यस्तै काउटिन्होले एक गोल र एक असिस्ट गरेका थिए । जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए ।
पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । खेलको २१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको थियो । ब्रानिलियन प्लेमेकर काउटिन्होले फ्रान्सिस्को ट्रिनकाओको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अन्तिम मिनेटमा कप्तान मेस्सीले गोल गरे । उनले काउटिन्होको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै जिरोनाले गोल अन्तर घटाएको थियो । ४६ औं मिनेटमा जिरोनाका मिडफिल्डर सामुएलले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए । तर, ५१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उनले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको सहज जित दिलाएका थिए ।