सशुल्क परीक्षण गराउँदा व्यासकी महिलामा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सशुल्क परीक्षण गराउँदा व्यासकी महिलामा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : आफै परीक्षणका लागि पोखरा पुग्नुभएकी तनहुँको व्यास नगरपालिकाका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परीक्षणका लागि पुग्नुभएकी ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालये बिहीबार जनाएको छ ।

    कोरोना सङ्क्रमण पुष्टि हुनेमा व्यास नगरपालिका-४ निवासी ३६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    पे क्लिनिकमा गरिएको परीक्षणमा कास्कीका चार जनालाई पनि सङ्क्रमण पुष्टि भएको छ ।