पाल्पामा संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    पाल्पामा संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    पाल्पा : पाल्पामा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। भदौ २२ गते युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना भएका तानसेन नगरपालिका वडा नंं ७ का ५२ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

    उच्च रक्तचाप र कलेजोको समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको समेत संक्रमण देखिएको अस्पतालले जनाएको छ। उच्च रक्तचाप र कलेजोको समस्यासँगै कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियू भेन्टिलेटरको अभाव हुँदा बिरामीको मृत्यु भएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयाे । पाल्पामा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    फाइल तस्वीर