अनर्गल प्रचार नगर्न पूर्वमन्त्री भण्डारीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनर्गल प्रचार नगर्न पूर्वमन्त्री भण्डारीको आग्रह

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : नेपाली काङग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिकाको केन्द्र स्थानान्तरणका सन्र्दभमा आफू विरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गर्नुभएको छ ।

    गृह जिल्ला तनहुँमा रहनुभएका पूर्वमन्त्री भण्डारीले बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरेर नगरपालिकाको केन्द्रको विषयलाई लिएर आफू विरुद्ध सुनियोजित तरिकाले प्रचार गरिएको भन्दै अनर्गल प्रचार नगर्न आग्रह गर्नुभएको हो ।

    भानु नगरपालिकाको केन्द्र स्थानान्तरण विषयमा नेपाल सरकारले आधिकारिक निर्णय नगरिसकेको र सरकारले जनताको भावनालाई ध्यान दिनुपर्ने पूर्वमन्त्री भण्डारीले बताउनुभयो । “विपक्षी पार्टीका केही नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा मेरो बारेमा अनर्गल प्रचारबाजी गरेको विषयप्रति मेरो गम्भीर आपत्ति रहेको छ । यस किसिमको अर्नगल प्रचारबाजी नगर्न सम्बन्धित व्यक्तिहरुको ध्यानाकर्षण गराउँदछु,” विज्ञप्तीमा भनिएको छ ।