चितवनमा थपिए २३ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए २३ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    चितवन : चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बुधबार राति दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका २२ जना छन् भने बाराका एकजना छन् ।

    चितवनको भरतपुर महानगरपालिका वडा नं २, १० र १३ का १ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये पुरुष ५७ वर्षमा हुन् भने महिला ४४, ४८ र ६७ वर्षका हुन् । उनीहरुको स्वाब पुस्पाञ्‍जली अस्पताल र क्‍वारेन्टाइनबाट संकलन गरिएको हो ।

    त्यसैगरी खैरहनी नगरपालिकाका १० पुरुष र ५ महिलामा संक्रमण देखिएको छ । पुरुषहरुमा १४ वर्षीय बालकदेखि ६१ वर्षसम्मका छन् भने महिलाहरुमा ७ महिने शिशु ४ वर्षीया बालिका तथा २७, २९ र ५५ वर्षीया महिलाहरु छन् । उनीहरु सबैजना क्‍वारेन्टाइनका हुन् ।

    यस्तै रत्‍ननगर नगरपालिका-२ र ११ का ३२ वर्षीय पुरुष तथा २२ र ३१ वर्षीया दुई महिलामा संक्रमण देखिएको छ । उनीहरु पनि क्‍वारेन्टाइनका हुन् । पुरानो मेडिकल कलेजमा उपचाररत बाराको जीतपुर-१५ की ६८ वर्षीया महिलामा पनि कोरोना पुष्‍टि भएको छ ।

    प्रयोगशालामा आइतबार संकलित ३७२ स्वाबहरुको सोमबार परीक्षण गरिएको थियो जसमध्‍ये अन्य ३५९ नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।