काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    काभ्रे : काभ्रेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिला रहेकी छिन् । उनको सोमबार राति धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि उनको मृत्यु भएको हो ।

    उनी आमाशयको क्यान्सर रोगी थिइन् । यससँगै काभ्रेमा कोरोना संक्रमणबाट तीन महिला र दुई पुरुष मृत्यु भइसकेको छ।