थप पाँच सङ्क्रमित निको, निको हुनेको सङ्ख्या २ सय ७८ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थप पाँच सङ्क्रमित निको, निको हुनेको सङ्ख्या २ सय ७८ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँका थप पाँच कोरोना सङ्क्रमति निको भएका छन् । म्याग्दे र ऋषिङ गाउँपालिकाका सङ्क्रमित निको भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार म्याग्देका दुई र ऋषिङका दुई सङ्क्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या २ सय ७८ पुगेको छ । जिल्लामा कूल ४ सय २२ जनालाई कोरोना सङ्क्रमण भएको छ । पछिल्लो दिनमा दैनिक रुपमा कोरोना सङ्क्रमित बढिरहेका छन् ।