घट्याे सुनकाे मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    घट्याे सुनकाे मूल्य

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    काठमाडाै : नेपाली बजारमा केहि दिनयता सुनचाँदीको भाउ लगातार ओरोलो लागिरहेको छ । आज (बिहीबार) पनि बजारमा सुनचाँदीको भाउ घटेको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

    केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ । एक बर्ष भन्दा बढी समययता सुनको भाउ महँगिंदा सुन कोरोबारमा निकै मन्दी आएको छ । जसका कारण सुन व्यवसायी मारमा परेका छन् । यस्तै सुनको भाउ महँगिएका कारण उपभोक्ताले समेत सुन चाँदीका गहना बनाएर लगाउन पाएका छैनन् ।