आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय सच्याउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय सच्याउन माग

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) तनहुँले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत् मुख्यसचिवलाई ज्ञापनपत्र पठाउँदै युनियनले असोज २४ गते तोकिएको ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु गर्न माग गरेको हो ।

    सरकारले असोज ६ गतेको निर्णय अनुसार प्रस्तावित निर्वाचन स्थगित गरेकाले युनियन आश्चर्यचकित र स्तब्ध भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले बुझाउनुभएको ज्ञापनपत्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रकृया सुचारु राख्न र अविलम्ब निर्वाचन गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय लगायत जिल्लास्थित र्विाचन कार्यालय समेत कायम राखिरहन ध्यानाकर्षण गराइएको छ ।

    निर्वाचनमा पछिल्लो समयमा लोकसेवाबाट सिफारिस भएका किताबखानामा पद दर्ता रहेका र स्वास्थ्य, संसद सेवा लगायतका कर्मचारीलाई समेत निर्वाचनमा भाग लिने व्यवस्था मिलाई निर्वाचनको प्रकृया अविलम्ब सुचारु गर्न युनियनको माग छ । “निजामती क्षेत्रमा समेत लोकतान्त्रिक पद्धतिमा आँच आउने कार्य कहँी कतैबाट हुनुहुँदैन । कसैको आन्तरिक समस्या निर्वाचन प्रकृया अवरुद्ध हुने कारण बन्नुहुँदैन,” ज्ञापनपत्रमा भनिएको छ, “निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मूल्य मान्यता विपरित छ ।”