सात वर्षपछि यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सात वर्षपछि यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    एजेन्सी: यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखले उचालेको छ । गएराति भएको फाइनलमा सेभिल्लालाई खेलको अतिरिक्त समयमा २-१ ले पराजित गर्दै  बार्यनले उपाधि उचालेको हो । 

    बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको थियो । सात वर्षपछि फाइनलमा पुगेको बार्यन खेल उल्टाएर उपाधि उचाल्न सफल भएको हो  ।

    सेभिल्ला भने पछिल्लो १० वर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको छ । 

    गएराति हंगेरीमा भएको फाइनलमा खेलमा पहिलो गोल भने सेभिल्लाले गरेको थियो । खेलको १३ औं मिनेटमा सेभिल्लाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

    तर, ३४औं मिनेटमा बार्यनका लियोन गोरेज्काले गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। पहिलो हाफमा बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा समेत गोल हुन सकेन् । 

    निर्धारित ९० मिनेटसम्म खेल बराबरी भएपछि उपाधिका लागि अतिरिक्त समयमा प्रतिस्पर्धा भयो । थप भएको समयको एक सय चार मिनेटमा बार्यनका मार्टिनेज अगुईनागाले गोल गर्दै सात वर्षपछि उपाधिको रक्षा गरेका हुन् ।