दुई युवाद्वारा अनसनलाई थप २४ घण्टा निरन्तरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुई युवाद्वारा अनसनलाई थप २४ घण्टा निरन्तरता

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिने उदेश्यले १९ घण्टे अनसन बस्नुभएका दमौलीका दुई युवाले अनसन लम्ब्याउनुभएको छ । शुक्रबार बिहान ११ बजेदेखि शनिबार बिहान ६ बजेसम्म अनसनमा रहनुभएका उहॉहरुले थप २४ घण्टा अनसनलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो ।

    शनिबार बिहान अनसन सकिएसँगै सोही अनसनलाई निरन्तरता दिइएको र आइतबार बिहान ६ बजेसम्म अनसन जारी रहने अनसनकर्ता सागर घिमिरेले जानकारी दिनुभयो ।

    दमौलीस्थित मुख्यचोकमा घिमिरे र विनोद सापकोटा अनसनमा बस्नुभएको छ । समग्र चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसीले पटक पटक अनसन बसेपनि सरकारले उहाँको माग पूरा नगरेको भन्दै दबाब स्वरुप आफूहरु अनसनमा बसेको घिमिरेले जानकारी दिनुभयो । । “डा. केसीले उठाउनुभएको माग एकदमै जायज छ, तर सरकार उहाँको माग पूरा गर्नेतर्फ लागेन,” घिमिरेले भन्नुभयो, “उहॉले उठाएको माग पूरा गर्न सबैको दबाब आवश्यक छ, हाम्रो अनसनको उदेश्य पनि त्यही हो ।”

    डा. गोविन्द केसीको समर्थनमा शनिबार बिहान युथ काङ्ग्रेस तनहुँले पनि कार्यक्रम आयोजना गरेको छ ।