तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँमा शनिबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजे सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र भानु नगरपालिकाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    शुक्लागण्डकी नगरपालिका–२ का २५ र भानु नगरपालिका–२ का २ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    यसैगरी कास्की, मनाङ र लमजुङमा पनि १३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा १०, मनाङको चामे गाउँपालिकामा एक र लमजुङको दूधपोखरी गाउँपालिका र राइनास नगरपालिकामा एक/एक सङ्क्रमित थपिएका छन् ।

    पोखरा महानगरपालिका–४ का ४५ र ४७ वर्षीय पुरुषहरु जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत हुनुहुन्छ भने वडा नं ६ का २६ वर्षीया महिला राष्ट्रिय वाणिज्य बैङ्क, गैडाकोटमा कार्यरत हुनुहुन्छ । वडा नं १० का ४७ वर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ्र । मनाङको चामेका ३१ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ

    यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ६ सय ६० पुगेको छ ।