अपराध नियन्त्रणमा अन्तरजिल्ला सहकार्य गर्ने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपराध नियन्त्रणमा अन्तरजिल्ला सहकार्य गर्ने सहमति

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सहकार्य गर्ने सहमति भएको छ । तनहुँ, लमजुङ र गोरखाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको शनिबार तनहुँमा भएको बैठकले सुरक्षा चुनौतिका विषयमा छलफल गर्दै अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेको हो ।

    बैठकले अन्तर जिल्ला अपराध रोकथाम, राजमार्ग सुरक्षा, कोरोना सङ्कट नियन्त्रण र व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका विषयमा सहकार्य गर्ने निर्णय गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । “शान्ति सुरक्षाका चुनौतिका विषयमा छलफल गरी त्यस्ता विषयहरुमा सहकार्य गर्दै अगाडी बढ्ने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।

    सीमाका जिल्लाका नदीहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई व्यवस्थित गर्न तीन वटै जिल्लाका सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

    बैठकमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।