रोटर्याक्टका अध्यक्ष र सचिवको भेला, कामलाई दीर्घकालिन र फलदायी बनाउन छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रोटर्याक्टका अध्यक्ष र सचिवको भेला, कामलाई दीर्घकालिन र फलदायी बनाउन छलफल

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    तनहुँ : रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना र रोटर्याक्ट क्लब अफ धरान घोपाको होस्टिङमा रोटा वर्ष २०२०/२१ को पहिलो रोटर्याक्टका अध्यक्ष र सचिवहरुको भेला शनिबार सम्पन्न भएको छ ।

    डिष्ट्रिक्ट ३२९२ अन्तर्गत देशभरि रहेका एक सय ३५ वटा रोटर्याक्ट क्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता सहित अध्यक्ष र सचिवहरुको भेला अनलाइन प्लेटफर्म जुमको माध्यमबाट भएको हो ।

    सम्मेलनमा रोटर्याक्टको कामकाजलाई दिर्घकालिन तथा फलदायी बनाउने र अहिलेको परिस्थितिमा समाजलाई प्रभावकारी योगदान पुर्‍याउने बाटोको बारेमा सबै सहभागीबीच छलफल भएको थियो ।उक्त सेसनमा डीआरआर छनोटको लागि नामांकन र मतदान, संकटको समयमा आयोजना गरिने डिस्ट्रिक्ट कार्यक्रमहरूको बारेमा साथै वित्तीय प्रतिवेदनको व्यवस्थापन सम्बन्धी केही परिवर्तन र स्पष्टीकरणहरू लगायतका एजेन्डामा छलफल गरिएको थियो ।

    यस सम्मेलनले डिस्ट्रिक्ट ३२९२ भरिका अध्यक्ष र सचिवहरुहरूबीच फेलोशिप तथा आपसी समझदारी बढाउने भूमिका खेलेको छ । अध्यक्ष र सचिवहरूको छलफल पश्चात् साँझ ६ बजे देखि रोट्रयाक्ट क्लब अफ धरान घोपाले दुई सय भन्दा धेरै सहभागिका साथ एक “भर्चुअल फेलोशिप सेसन” पनि आयोजना गरेको थियो जुन सेसनमा रोट्रयाक्टहरुको रोचक प्रदर्शन तथा प्रस्तुतिको साथ साथै नाचगान, स्टेन्ड अप कमेडी, मिमिक्री, सायरी/गजल तथा अरु थुप्रै रोमाञ्चक प्रस्तुतिहरु भएको थियो ।