तेजाव फ्याक्ने अपराधीमाथि कडा कारवाही गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तेजाव फ्याक्ने अपराधीमाथि कडा कारवाही गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव फ्याक्ने अपराधीमाथि कडा कारवाहीको व्यवस्थाका लागि अध्यादेश जारी गर्नु भएको छ । उहाँले सरकारले सिफारिश गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, सोमबार जारी गरेकी हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाव आक्रमणमा पीडित बनेकाहरुसँगको छलफलमा यसबारे कडा नियमसहितको कानुनी व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।

    सोही अनुसार सरकारले यस्तो अध्यादेश ल्याएको हो ।