कात्तिक १ देखि अनराइभल भिसा खुला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कात्तिक १ देखि अनराइभल भिसा खुला

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गर्ने भएको छ । कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने विषयमा अन्योल थियो । पर्यटन व्यवसायीहरूले पदयात्रा र पर्वतारोहण खुला गरे पनि अनराइभल भिसाका बारेमा निर्णय नगर्दा नेपाल आउन चाहने पर्यटक अन्योलमा परेको भन्दै सरकारसँग पटकपटक अनराइभल भिसा खुला गर्न माग गरेका थिए ।

    पर्यटन मन्त्री योगेश भट्टराईले अनअराइभल भिषाको पेमेन्ट सिस्टमलाई समेत सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंक तथा गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय भइरहेको बताउनुभयो । अब नेपाल आउन चाहने पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर आउन सक्ने उहॉले बताउनुभयो ।

    समूहमा नेपाल आउने पर्यटकहरूका लागि अनराइभल भिसा खुला गरिएको र नेपाल आउने पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानसहित मापदण्ड लागू गरिएको पर्यटन विभागका महानिर्देशक रूद्र सिंह तामाङले जानकारी दिनुभयो । अब पर्यटक नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर बराबरको प्रतिव्यक्ति बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।