सम्झना विकका हत्या आरोपी सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    सम्झना विकका हत्या आरोपी सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बुधबार

    बझाङ : बझाङ प्रहरीले सम्झना विकका हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो। ७ असोजमा मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया सम्झना विकको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस दिन हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

    राजेन्द्र विरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ। सोही ठाउँकी नाम परिवर्तित १३ वर्षीया बालिका सिता विकलाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै डिएसपी रुपक खड्काले बोहोराले बलात्कार पछि हत्या गरेको सबै प्रमाणहरु भएको र प्रमाणले बोहोरा नै आरोपित रहेको बताउनुभयो ।