सुदुरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुदुरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह नियुक्त

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    काठमाडौ । नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

    शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।

    प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।