युवा क्लवलाई फुटबल सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    युवा क्लवलाई फुटबल सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युथ क्लवका अध्यक्ष मिनबहादुर गुरुङ (चरी) ले सोही वडाको न्यु स्टार युनाइटेड क्लवलाई फुटबल सहयोग गर्नुभएको छ । युवाहरुलाई खेलकुदमा आकर्षित गर्दै दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्य सहित गुरुङले क्लवलाई ६ थान फुटबल बुधबार सहयोग गर्नुभएको हो ।

    न्यु स्टार युनाइटेड क्लवले फुटबल प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रशिक्षणमा ४५ जना युवा सहभागी छन् । युवाहरुको हौसला बढाउन आफूले फुटबल सहयोग गरेको गुरुङले जानकारी दिनुभयो ।