बढ्याे सुनकाे मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्याे सुनकाे मूल्य

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    काठमाडाै : नेपाली बजारमा बुधबार सुनको मूल्य  प्रतितोला ५ सय रुपैयाँले बढेको छ । मंगलबार पनि सुन तोलामा ९ सयले बढेको थियो । छापावाल सुन बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।  चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १,१९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।

    अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।