कोरोना कहरका बीच विदेशबाट फर्किए ४ हजार नागरिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना कहरका बीच विदेशबाट फर्किए ४ हजार नागरिक

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    तनहुँ : कोरोना कहरका बीच भारत लगायत तेस्रो मुलुकबाट तनहुँ जिल्लाका चार हजार नागरिक फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार यस अवधिमा चार हजार ८ जना नागरिक जिल्ला फर्किएका हुन् । त्यसमध्ये चार सय २१ महिला र तीन हजार पाँच सय ८७ पुरुष छन् ।

    कार्यालय प्रमुख एवं कोभिड–१९ जिल्लास्तरीय समितिका प्रवक्ता शङ्करबाबु अधिकारीका अनुसार भारतबाट जिल्ला फर्किनेको सङ्ख्या दुई हजार सात सय ३४ छ भने तेस्रो मुलुकबाट आउनेको सङ्ख्या एक हजार दुई सय ३४ रहेको छ ।

    भानु नगरपालिकामा भारतबाट एक सय ८९, तेस्रो मुलुकबाट दुई सय २८, व्यास नगरपालिकामा भारतबाट सात सय ५०, तेस्रो मुलुकबाट दुई सय ९८, शुक्लागण्डकी नगरपालिकामा भारतबाट तीन सय ६५, तेस्रो मुलुकबाट दुई सय १०, भीमाद नगरपालिकामा भारतबाट दुई सय ३९, तेस्रो मुलुकबाट एक सय २६, म्याग्दे गाउँपालिकामा भारतबाट दुई सय ४३, तेस्रो मुलुकबाट एक सय ११, घिरिङ गाउँपालिकामा भारतबाट दुई सय ७६, तेस्रो मुलुकबाट ३५, ऋषिङ गाउँपालिकामा भारतबाट चार सय ४३, तेस्रो मुलुकबाट एक सय ५३, देवघाट गाउँपालिकामा भारतबाट ९४, तेस्रो मुलुकबाट १५, बन्दीपुर गाउँपालिकामा भारतबाट ८०, तेस्रो मुलुकबाट ३१ र आँबुखैरेनी गाउँपालिकामा भारतबाट ५५ र तेस्रो मुलुकबाट ६६ जना फर्किएका छन् । चाडपर्व नजिकिदै गएकाले अझै पनि भारत लगायत तेस्रो मुलुकबाट थुप्रै नागरिक जिल्ला फर्किने निश्चित छ