ज्येष्ठ नागरिक दिवसमा इनरह्विल र वेदव्यासद्वारा आश्रमलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ज्येष्ठ नागरिक दिवसमा इनरह्विल र वेदव्यासद्वारा आश्रमलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    तनहुँ : इनरह्विल क्लव अफ दमौली र रोटर्याक्ट क्लव वेदव्यासले तनहुँको व्यास नगरपालिका-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा दुई संस्थाले बिहीबार आश्रमलाई सहयोग गरेको हो ।

    इनरह्विलका अध्यक्ष आशा बानियॉ र रोटर्याक्टका अध्यक्ष सन्जु घलेले रु २० हजार एक सय पॉच आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आलेलाई हस्तान्तरण गर्नुभयो । ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै इनरह्विलका अध्यक्ष बानियॉले महिलाले सञ्चालन गरेको आश्रम जिल्लामै उदाहरणीय बन्न सफल भएको चर्चा गर्नुभयो ।

    रोटर्याक्ट क्लव अफ वेदव्यासकी अध्यक्ष घलेले ज्येष्ठ नागरिकलाई हेलाको दृष्टिले हेर्न नहुने बताउँदै क्लवको पहिलो सहयोग आश्रमबाट शुरु गरिएको जानकारी दिनुभयो ।

    आश्रमकी कार्यवाहक अध्यक्ष आलेले विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको भन्दै सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा इनरह्विलका सचिव शर्मिला श्रेष्ठ, पूर्व अध्यक्ष निर्मला मल्ल, अरुणा श्रेष्ठ, निवर्तमान अध्यक्ष सरु श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।

    २०७० वैशाख १ गतेबाट सञ्चालनमा आएको आश्रममा हाल ६ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहनुभएको छ । ३० जना महिलाबाट शुरु भएको आश्रममा हाल तीन सय भन्दा बढी सदस्य भइसक्नुभएको छ ।