भीमादमा रोटर्याक्ट क्लव स्थापना, अध्यक्षमा गैह्रे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा रोटर्याक्ट क्लव स्थापना, अध्यक्षमा गैह्रे

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको भीमादमा रोटर्याक्ट क्लव स्थापना भएको छ । क्लवको अध्यक्षमा सन्देश गैह्रे नियुक्त हुनुभएको छ । गैह्रेलाई रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन ३ का जोनल रिप्रेजेन्टेटिभ सन्दिप पौडेलले गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

    रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर राजिब पोख्रेलले रोटर्याक्टको सदस्य भएपछि जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा रोटरी क्लब अफ दमौलीले रोट¥याक्ट क्लब अफ भीमादलाई शिडमनि स्वरुप रु दश हजार प्रदान गरेको छ । त्यस्तै रोट¥याक्ट क्लव अफ दमौलीले पनि शिडमनि स्वरुप रु पाँच हजार प्रदान गरेको छ ।

    कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्जकुमार मल्ल, जोन ३ का जेडआरआर सन्दिप पौडेल, रोटरीमा महिला रिजन ४ की सदस्य बिना कैनी, रोटरी क्लब अफ दमौलीका पुर्वअध्यक्ष ईमकुमार मल्ल, रोटरी नेपालका डिआरसिसि सुबास सिग्देल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।