बार्सिलोनाको लगातार दोस्रो प्रभावशाली जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको लगातार दोस्रो प्रभावशाली जित

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    एजेन्सी: लियोनल मेसी र अन्सु फाटीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार राति सेल्टा भिगोमाथि ३–० को जित रचेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको यो लगातार प्रभावशाली दोस्रो जित हो ।

    यसअघि बार्सिलोनाले पहिलो लिग खेलमा भिल्लारियललाई ४–० ले पन्छाएको थियो । सेल्टा भिगोविरुद्ध भने किशोर खेलाडी फाटीले पहिलो गोल गरेपछि क्लेमेन्ट लेनग्लेटले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडे । त्यसपछि बार्सिलोना दबाबमा आउन सक्थ्यो । तर खेल दस खेलाडीमा सीमित बार्सिलोनाकै पकडमा रह्यो ।

    मेसीले प्रहार गरेको बल ‘डिफ्लेक्ट’ हुँदा दोस्रो गोल आत्मघाती रह्यो । तेस्रो गोल सेर्गी रोबर्टोले गरे । बार्सिलोना सेल्टा भिगोको मैदानमा यसअघिका पाँच खेलमा जित निकाल्न असफल रहेको थियो ।