राष्ट्रिय युवा संघ तनहुँको इन्चार्जमा गैह्रे, सहइन्चार्जमा सापकोटा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय युवा संघ तनहुँको इन्चार्जमा गैह्रे, सहइन्चार्जमा सापकोटा

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ तनहुँको इन्चार्जमा साविक युवा संघ नेपालका कमल गैह्रे चयन हुनुभएको छ छन् । त्यसैगरी सहइन्चार्ज साविक वाइसीयलका शरण सापकोटा चयन हुनुभएको छ ।

    राष्ट्रिय युवा संघको असोज १४ र १५ गते राजधानी काठमाडौँमा बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ वटै जिल्ला तथा महानगर र उपमहानगर कमिटीमा नेतृत्व चयन गरेको हो ।

    संघको तनहुँ जिल्ला संयोजकमा यसअघि साविक वाइसीयलबाट इश्वर बस्याल संयोजक र साविक युवा संघबाट भगवान श्रेष्ठ सहसंयोजक चयन हुनुभएको थियो ।