तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले क्याम्पसका कसैलाई पनि कोरोना सङ्क्रमण नभएको प्रष्ट पारेको छ । प्रेस विज्ञप्तीमार्फत् क्याम्पसले प्राध्यापक र कर्मचारी कसैलाई पनि कोरोना सङ्क्रमण नभएको बताएको हो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेद्वारा जारी विज्ञप्तीमा क्याम्पसमा कार्यरत केही प्राध्यापक कर्मचारीलाई कोरोना सङ्क्रमण भएको भन्ने अफवाह प्रचार गरिएको पाइएकाले त्यस भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरिएको छ । हड्खलेले क्याम्पस पूर्ण रुपमा सङ्क्रमणमुक्त र सुरक्षित रहेको बताउनुभयो ।