एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन्।