अटाेरिक्सा र माेटरसाइकल ठाेक्किदा घिरिङका थापाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    अटाेरिक्सा र माेटरसाइकल ठाेक्किदा घिरिङका थापाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, शनिबार

    तनहुँ : नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।

    सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नम्वरको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५० प ४५५० नम्वरको मोटरसाइकल एक अपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाँउपालिका ४ का ३५ वर्षीय जित बहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चालक सोही ठाउँका बेल बहादुर राना घाइते भएका छन । उहाँको चितवन मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ ।

    यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताउनुभयो । उनिहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।