सुप्रिमले विस्तार गर्यो गुणादीमा सेवा केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुप्रिमले विस्तार गर्यो गुणादीमा सेवा केन्द्र

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गुणादीमा सेवा केन्द्र स्थापना गरेको छ । सर्वसाधारणलाई सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्य सहित सहकारीले म्याग्दे गाउँपालिका–१ गुणादीमा सेवा केन्द्र स्थापना गरेको हो ।

    विस्तार गरिएको सेवा केन्द्रको आइतबार गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गर्दै सहकारी संस्था सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    विसं २०६५ सालमा स्थापना भएको सहकारीमा ९ सय ८२ शेयर सदस्य आबद्ध छन् । सहकारीका उपाध्यक्ष मनोज अधिकारीले स्थानीयवासीको माग बमोजिम गुणादीमा सेवा केन्द्र विस्तार गरिएको जानकारी दिनुभयो ।