काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन्।यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ५, ओखलढुंगाका ३, खोटाङका ३, झापाका ८, तेह्रथुमका १, धनकुटाका १, मोरङका ५५, संखुवासभाका १, सुनसरीका १२२ जनामा कोरोना संक्रमण भएका छन।
यस्तै धनुषाका १, पर्साका ८, बाराका ८, महोत्तरीका २, रौतहटका ८४, सप्तरीका ५, सर्लाहीका ९, सिरहाका ६, काठमाडौँका ११७८, काभ्रेका ३६, चितवनका १०३, दोलखाका १, धादिङका १२, नुवाकोटका १०, भक्तपुरका १०३, मकवानपुरका १५, रामेछापका १२, ललितपुरका २५०, सिन्धुपाल्चोकका ५, र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका ३६, गोर्खाका १७, तनहुँका १०, नवलपरासीपूर्वका ६६, पर्वतका ३, लमजुङका २, बागलुङका १८, स्याङ्जाका ४, अर्घाखाँचीका १३, कपिलवस्तुका ८, गुल्मीका १७, दाङका ६, नवलपरासीका ५, पाल्पाका ६, प्यूठानका ५, बर्दियाका ८, बाँकेका २२, रुपन्देहीका ५८, कालिकोटका १, दैलेखका ३, रुकुमपश्चिमका १, सल्यानका १, सुर्खेतका ३०, अछामका १, कञ्चनपुरका ६, कैलालीका ३३, डडेल्धुराका २, डोटीका २, दार्चुलाका २, बझाङका १, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोमबार ११३३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ। हाल ४ हजार ३३ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २४४ जनाको आईसीयुमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ रुकुमपुर्व र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।