काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डा. गोविन्द केसीलाई गोरखाका नन्दप्रसाद अधिकारी जस्तै बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
सोमबार साँझ ट्वीट गर्दै नेता पौडेलले ‘खतमाफहरुलाई एक प्रश्न!’ भन्दै भन्नुभयो, ‘म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्द प्रसाद कै नियति भोग्नु पर्ने हो?’
पौडेलले सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो? भनि प्रश्न पनि गर्नुभएको छ ।