व्यासमा प्रहरी सहित पुन: ११ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा प्रहरी सहित पुन: ११ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा एक प्रहरी सहित पुन: ११ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमित एक जना प्रहरी ३८ वर्षीय पुरुष हुन् । त्यस्तै व्यास नगरपालिका-१ का ३७, व्यास नगरपालिका-२ का ५३, १२, व्यास नगरपालिका-४ का २७, व्यास नगरपालिका-५ का २८, व्यास नगरपालिका-१० का ३४, ८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै व्यास नगरपालिका-१० कै २८ र ४० वर्षीया महिला र व्यास नगरपालिका-८ का २५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास नगरपालिका-१, ५, ८ र १० का सङ्क्रमित क्वारेन्टिनबाट पहिचान हुनुभएको हो ।