म्याग्दे–दमौली समाजद्वारा अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे–दमौली समाजद्वारा अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : म्याग्दे–दमौली समाज तनहुँले शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजको विधानमाथि भएको अन्तरक्रियामा सहभागीहरुले समाजले गर्नुपर्ने काम र कर्तव्यका बारेमा धारणा राखेका थिए ।

    विशेषगरि म्याग्देबाट दमौली वरपर आएर स्थायी तथा अस्थायी रुपमा बसोबास गरेका वासिन्दाहरुले म्याग्दे गाउँपालिका अन्र्तगत रहेका जनताको जनताको समस्या समाधान, विकास निर्माण, खेलकुद, स्वास्थ्य र आपतविपद्मा बारेमा छलफल गरेका थिए । विधान निर्माण समितिका सदस्य केशवराजले समाजको मुख्य कार्यभारलाई केन्द्रभागमा राखेर विधान तयार पारिएको जानकारी दिनुभयो ।

    समाजका अध्यक्ष भाग्यशाली ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे–काठमाडौ समाजका अध्यक्ष माधवप्रसाद घिमिरेले म्याग्देवासीको जीवनस्तर, स्वास्थ्य र शिक्षामा कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषय नै समाजको मूल कार्यभार रहेको बताउनुभयो ।
    समाज गठन गरेर सदस्यता मार्फत् कोष स्थापना गरेर म्याग्देवासीको सुख दुखमा साथ दिने अभिप्राय स्वरुप अगाडी बढिएको समाजका अध्यक्ष ढुंगानाले बताउनुभयो । कार्यक्रमका सहभागीहरुले समाजको मुख्य उद्देश्य पूरा गर्न सबै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएको सचिव पदमकुमार श्रेष्ठले बताउनुभयो ।