


काठमाडौ : आज (शनिबार) बिहानैदेखि देशभरजसो घाम लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको बाहेक सबै स्थानमा घाम लागेको छ।
‘आज दिनभरजसो नै देशभर घाम लाग्ने सम्भावना छ,’ उहॉले भन्नुभयो, ‘तैपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने भएकाले हामीले बुलेटिनमा उल्लेख गरेका हौं।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वीमध्य भागमा न्यून चापीय क्षेत्र छ र त्यो पश्चिमउत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ।
‘यसैका कारण हामीले अझै नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्न नसकेका हौं,’ मौसमविद् सापकोटाले भन्नुभयो, ‘अब एक दुई दिनमा मनसुन बाहिरिएको घोषणा गर्छौ होला।’
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी तीनदिनकोमौसम पूर्वानुमान
असोज २४ गते (शनिबार)
दिउँसो :प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २५ गते (आइतबार)
दिउँसो: प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २६गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशको प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ